Tuesday, April 29, 2025

Remembering Dr. Jyoti Prakash Tamang

Pioneer Who Unlocked the Microbial Treasures of Himalayan Fermented Foods
The scientific community, particularly those dedicated to food science, microbiology, and the preservation of cultural heritage, mourn the passing of Dr. Jyoti Prakash Tamang, who left us today. A globally recognized authority and often hailed as the "Guru of Fermented Foods," Dr. Tamang stood as a towering figure in the study of ethnic fermented foods and beverages, especially those originating from the rich cultural tapestry of the Himalayan region. His loss is deeply felt across the globe.
Based primarily at Sikkim University for much of his impactful career, Dr. Tamang dedicated his life's work to a world often overlooked by mainstream food science. His research is meticulously focused on the vast array of fermented products traditionally prepared and consumed by diverse ethnic communities across the Himalayas and Northeast India. These included staples like kinema (fermented soybean), gundruk and sinki (fermented leafy vegetables), chhurpi (fermented yak or cow milk cheese), various fermented bamboo shoots, and traditional alcoholic beverages like kodo ko jaanr (finger millet wine).
Bridging Ancient Wisdom with Modern Science
What set Dr. Tamang's contribution apart was his rigorous scientific approach to understanding these age-old traditions. He masterfully employed cutting-edge microbiological and molecular techniques to:
Identify Microbial Diversity: Isolate and characterize the immense array of bacteria (especially Lactic Acid Bacteria - LAB) and yeasts responsible for the unique fermentation processes.
Understand Fermentation Dynamics: Unravel the complex biochemical changes occurring during fermentation, contributing to the distinct flavours, textures, and preservation qualities.
Explore Health Benefits: Investigate the probiotic potential of the identified microbes and the overall nutritional and health-promoting properties of the fermented end-products.
Document Traditional Knowledge: Systematically record the invaluable indigenous knowledge systems surrounding the preparation and consumption of these foods, ensuring the preservation of critical cultural heritage.
A Lasting Impact and Legacy
Dr. Tamang's pioneering research significantly advanced our understanding of food microbiology, particularly concerning non-dairy, plant-based, and unique milk-based fermented foods from distinct ecological niches. His work firmly established the Himalayas as a vital reservoir of potentially beneficial microbes with applications reaching into probiotics and functional foods.
His immense contributions earned him numerous accolades and international recognition:
Prolific Scholar: He authored and co-authored hundreds of research papers in high-impact international journals, several definitive books, and numerous book chapters, making his findings accessible globally. His books are considered seminal texts in the field.
Prestigious Awards: Dr. Tamang was a recipient of prestigious awards, including the DBT National Bioscience Award for Career Development from the Government of India, highlighting his outstanding contributions.
Global Collaborator: He actively collaborated with researchers and institutions worldwide, fostering global interest in Himalayan food traditions and microbiology.
Dedicated Mentor: He guided countless PhD students and researchers, building capacity and nurturing the next generation of scientists passionate about this specialized field.
Beyond the Laboratory
Dr. Tamang's influence extended far beyond academic circles. By scientifically validating the traditional knowledge associated with fermented foods, he helped empower local communities, paving the way for standardizing production, improving food security, enhancing nutritional outcomes, and developing niche market opportunities based on these unique products. His research consistently underscored the profound importance of conserving both biological and cultural diversity.
The passing of Dr. Jyoti Prakash Tamang marks the end of an era in the study of ethnic fermented foods. He was more than just a brilliant microbiologist; he was a scientific explorer charting the microbial landscape of the Himalayas, a dedicated cultural custodian preserving ancient food wisdom, and a passionate advocate for the nutritional and health potential held within traditional practices.
While he will be deeply missed, Dr. Tamang leaves behind an invaluable legacy. His groundbreaking work, his dedication to science and culture, and his mentorship will continue to inspire future generations of researchers, ensuring that the microbial treasures of the Himalayas and the wisdom of traditional food systems are appreciated, studied, and preserved for years to come. His contributions will forever resonate within the fields he so profoundly shaped.

Sunday, April 27, 2025

"शून्यका प्रतिध्वनिहरू

कहिले नजरको सिमानामा
कहिले मुटुको अदृश्य तहमा
कहिले चेतनाको धूमिल कुहिरोमा
तिम्रो उपस्थिति थियो -
एक अमिट छाप जस्तो,
तर तिम्रो रिक्ततामा
म छरिएँ —
हावामा उडेको कपास सरी।
कहिले विश्रामको शान्त जलाशयमा
कहिले अतृप्तिको ज्वारभाटामा
एक निरन्तर पुकार चलिरह्यो —
तिम्रै नामको प्रतिध्वनि जस्तो,
यसरी नै समयको नदी बग्यो
एक अनन्त खोजमा।
कहिले तिम्रो आभाको प्रतिबिम्बमा
कहिले तिम्रो यादको अँध्यारो जङ्गलमा
जे कोरिएको थियो आत्माको स्लेटमा
ती सबै अश्रुका बूँदहरू
व्यर्थ बगे —
बालुवामा लेखिएका अक्षर जस्तै।
कहिले हामी एकै आकाशका तारा
कहिले भयौं नितान्त एक्लो ग्रह
तिम्रो कक्ष त फराकिलो हुँदै गयो
तर म... प्रेमको गुरुत्वाकर्षणमा
झन् गहिरो धँसिएँ —
आफ्नै अस्तित्व गुमाएर।
कहिले चाहनाको अनन्त यात्रामा
कहिले विनासको शून्य मरुभूमिमा
सायद तिम्रै स्मृतिको शक्ति थियो
कि हृदयको यो गहिरो घाउ
त्यो परको क्षितिजसम्म पुगेर पनि
थामिइरह्यो, अडिइरह्यो —
एक मौन साक्षी जस्तै।

Friday, April 25, 2025

युवा मन र आधुनिकताको भेल

 कलिलो मन, कलिलो सपना,

नयाँ पालुवा जस्तै कलिलो काँध,
सपनाको भारी बोक्न तम्सिएको।
तर...
आधुनिकताको चम्किलो बजार,
रङ्गिन पर्दाको मोहनी जाल,
सूचनाको अविरल बाढी,
हल्ला र रफ्तारको कोलाहल।

यो भेलमा,
कहाँ छुट्छ जरो? कहाँ टुट्छ नाता?
आफ्नै माटोको सुगन्ध हराउँछ,
परम्पराका रङहरू फिका लाग्छन्।
क्षणिक रहरको पछि लाग्दा,
भित्रको धुन कतै छुट्छ।
बाहिरी चमकमा आँखा अल्झिन्छ,
साँचो र झुटो छुट्टयाउन भुल्छ।

भविष्यको नक्सा कोर्नु थियो,
जीवनको लक्ष्य पहिल्याउनु थियो।
तर हातमा चम्किरहेको स्क्रिनले,
आजै सबैथोक दिए झैं लाग्छ।
लाइक, कमेन्ट र शेयरको दुनियाँमा,
आत्म-मूल्य खोज्न थाल्छ ऊ।
गन्तव्यको लामो यात्रा बिर्सिएर,
वर्तमानको छोटो दौडमा रमाउँछ ऊ।

जग बिनाको घर जस्तै,
आदर्शहरू हल्लिरहेछन्।
सफलताको परिभाषा बदलिँदो छ,
पैसा र प्रसिद्धिको दौड चर्किँदो छ।
यो चकाचौंध र वेगको माझ,
vulnerability ले ढाकेको युवा,

कहिलेकाँही सोध्छ आफैलाई -
"म कुन बाटो हिँडिरहेछु? मेरो लक्ष्य के हो?"

तर जवाफ खोज्न नपाउँदै,
फेरि अर्को 'नोटिफिकेसन' बज्छ।

शहरको अमूर्त लय: गान्तोक

 भिरालो छातीमा टाँसिएको

कंक्रिट र सपनाको हुल।
बेला-बेला कुहिरोले
छोपिदिन्छ आधा सहर, आधा मन।

सर्पिला बाटाहरूमा
गुड्छन् रहर र रफ्तार।
हर्नहरूको कर्कश संगीतमा
हराउँछ कुन अज्ञात धुन?

चम्किलो एमजी मार्ग
रङ्गीन पसल, क्याफेको धुँवा।
हजारौं आँखाहरूको भीडमा
खोजिरहेछ मनले आफ्नै कुना।

बतासमा फर्फराउँछन्
प्रार्थनाका ध्वजाहरू।
गुम्बा र मन्दिरको शान्त ओतमुनि
कञ्चनजङ्घा कहिलेकाँही मात्र मुस्कुराउँछ
बादलको पर्दा पछाडिबाट।

समयका पत्रहरू उप्किन्छन् यहाँ,
हरेक बिहान, हरेक साँझ।
आधुनिकताको चर्को रङमा,
कहिलेकाँही मिसिन्छ पुर्खाको आवाज।
यो दौडिरहेको शहरभित्र,
थाहै नपाई बित्छ जिन्दगी,
खोज्दै स्थिरताको सानो आभास।

हरियो र कंक्रिटको
अनौठो संगम।
उकालो चढ्दै गरेको सास जस्तै
यो शहरको आफ्नै अमूर्त लय।
जहाँ खोजिरहेछ हरेक मन
आफ्नै सानो आकाश।

 

Wednesday, April 23, 2025

अनावरण

आँखाका पर्दाहरू पछाडि,
कुन रङ्गमा पोतिएको छ आकाश?
नजर त केवल एउटा झ्याल हो,
दृष्टिकोणको अनन्त विस्तार झल्काउने।
एक धमिलो ऐना, जहाँ बिम्ब बन्छ सोचको।
हत्केलाको स्पर्श,
कहिले रेशम, कहिले काँडा।
न्यानोपन भित्र लुकेको छ कि चिसो सिरेटो?
नियतका अदृश्य धागाहरू,
चुपचाप बुन्छन् सम्बन्धको जालो,
या तिखार्छन् चक्कु-छुरी अदृश्य।
शब्दहरू –
कहिले फूल, कहिले पत्थर।
खोक्रो आवाजको गुञ्जनमा,
भावको गुप्त नदी सुसाउँछ।
भाषाको सेतु मुनि, अर्थहरू डुबुल्की मार्छन्,
भावनाको रङ्ग घोल्दै हावामा।
तर्कका धारिला किनारहरू,
ठोकिन्दा उठ्छन् झिल्का।
बहसको कोलाहल शान्त भएपछि,
बाँकी रहन्छ ज्ञानको उज्यालो,
या केवल खोक्रो दम्भको ध्वाँस?
सत्यको अणु, घर्षणमा चम्किन्छ।
अनि, हिँड्ने हरेक पाइला,
उठ्ने हरेक हात,
बोल्ने हरेक लय –
यी सबै मिलेर कोर्छन् एउटा चित्र,
जहाँ सँस्कारको अदृश्य मसी पोतिएको हुन्छ।
माटोको गन्ध जस्तै,
जराको पहिचान जस्तै,
व्यवहार आफैं बोल्छ, आफ्नो कथा।
सबै कुरा, घुम्टो उघारेर,
समयको ऐनामा,
बिस्तारै, तर निश्चित रूपमा,
आफ्नै भाषामा,
आफैंलाई प्रकट गरिदिन्छन्।
छिपेको केही रहँदैन यहाँ,
सबै अनावरित छ, बस हेर्ने दृष्टि चाहिएको छ।

Tuesday, April 22, 2025

हृदयको खोज

प्रश्नहरूको हुरी -
म को हुँ?
कहाँ छ मेरो गन्तव्य यो जीवन-नदीमा?
पल्टाएका पानाहरू, सुनेका शब्दहरू,
सबै फिक्का अक्षरका बादल,
अर्थ हराएको प्रतिध्वनि।
त्यहाँ भेटिन्न उत्तर।
यी कुरा पढेर बुझिन्न,
बाहिरी आँखाले देखिन्न।
ज्ञानको बजारमा यो सत्य बिक्दैन।
तिम्रो छातीभित्र,
धड्कनको लयमा,
मौनताको गहिरो कुवामा,
छ त्यो रहस्य लुकेको।
त्यो प्रश्न - 'म को हुँ?'
त्यो खोज - 'लक्ष्य के हो?'
यी सबैको जवाफ,
तिम्रै अन्तर-आत्माको पर्खालमा कोरिएको छ,
अदृश्य मसिले।
जुन दिन,
बाहिरको कोलाहललाई बिदा दिएर,
तिमी आफ्नै हृदयको ढोका ढकढक्याउनेछौ,
जब त्यो मौन कोठामा पस्ने हिम्मत गर्नेछौ,
जब आफ्नै श्वासको आवाज सुन्न थाल्नेछौ...
त्यही क्षण,
बिना अक्षर, बिना शब्द,
ती सारा प्रश्नका उत्तरहरू
फूल फुलेझैँ,
बिहानी खुलेझैँ,
तिम्रै चेतनामा उजागर हुनेछन्।
खोज बाहिर होइन,
खोज भित्र छ।
उत्तर किताबमा होइन,
उत्तर तिमी आफैमा छौ।
हृदयमा डुब, जवाफ भेटिनेछ।

शब्दहरू र समुद्र

नबुझ्ने आँखाहरू — 
पर्खाल जस्तै उभिएका।
तिम्रा शब्दहरू — 
हावामा हराएका ध्वनिहरू।

किन कोर्छौ पानीमा रेखाहरु?
त्यो आकृति मेटिनु नै छ।
यो समुन्द्र हेर,
कति गहिरो, कति नुनिलो।
युगौंदेखि यही उसको परिचय,
उसको अस्तित्वको स्वाद।
यो उसको सत्य हो,
अटल, अपरिवर्तनीय।
किन घोल्छौ मिठासका कणहरु?
त्यो अनन्त लवणतामा?
चिनीका ढिकाहरु बिलाउँछन्,
नदीहरु मिसिन्छन्,
तर समुन्द्र?
ऊ त उस्तै रहन्छ, नुनिलो नै।
त्यसैले,
छाडिदेऊ बुझाउने व्यर्थ प्रयास,
जसले सुन्नै चाहँदैन,
उसलाई गीत नसुनाऔ।
समुन्द्र नुनिलो छ, नुनिलो नै रहिरहोस्,
तिमी आफ्नै मिठासको खोजी गर,
अन्यत्र कतै, आफ्नै संसारमा।
किनकि सबै पानी पिउन योग्य हुँदैन,
र सबै हृदय बुझ्न तयार हुँदैनन्।

Monday, April 21, 2025

रित्तो वर्तमान

कतै हराए ज्ञानका मोतीहरू,
बतासमा बिलाए शब्दका गहिरा अर्थहरू।
ती अग्ला, सुनौला छायाँहरू थिए जो,
समयको कुहिरोमा कहाँ अल्झिए, कहाँ गए?
चिन्तनका ती उज्याला दियालाहरू,
निभे, खरानी मात्र बाँकी छ अहिले।
यो धर्तीमा अचेल:
अनुहारै अनुहारको एक अपार जङ्गल छ,
आवाजहरूको कर्कश कोलाहल,
हिँड्ने खुट्टाहरूको अनन्त लर्को मात्र छ,
तर यात्रा कहाँ सम्म? गन्तव्य शून्य।
यो केवल मान्छेहरूको भीड हो,
एक संख्या मात्र, आकार मात्र।
‘मानव’ ?
त्यो शब्द त कति पुरानो भइसक्यो!
संवेदनाको न्यानो रङ उडेको,
करुणाको मुहान सुकेको,
कति जुग बितेछ!
आत्माको ऐना फुटेको,
युगौं भइसकेको छ।
बाँकी छ त केवल,
छालाको बर्को ओढेको,
सास फेर्ने एक यन्त्रवत उपस्थिति,
एउटा रित्तो, अर्थहीन वर्तमान।
मान्छे मरेको त, हो, धेरै जमाना भइसकेको छ।

अल्झिएको मन


मनको हठ:
फेरि ऊसँग बोलूँ...
विवेकको स्वर:
अहँ, स्वाभिमान जोगाउँ।

सम्झनाको भुमरीमा
मुटु रुन्छ अल्झी...
मस्तिष्क सम्झाउँछ:
यो बाटो होइन सही।

हरेक दिन मनले
हार्छ आफैंसँग,
हरेक रात जित
विवेककै हुन्छ।

यही रस्साकस्सीमा
अल्झिएको जीवन,
न पुरै बाँचेको आभास,
न मृत्युवरण।

Sunday, April 20, 2025

"मनका अधुरा अक्षरहरू

कोठामा सुतेका अधुरा अक्षरहरू
एउटा नगाइएका गीत बनेर हावामा गुन्जिन्छ,
जिब्रोमा आउदैन साँचो स्वाद,
कागजको समुद्रमा डुबेका
शब्दहरू डराउँछन्।
शब्दहरू कहिले हिमाल जस्तो बोझ लाग्छ,
हरेक अर्थले खोल्छ एउटा नयाँ चोट;
तर मौनता एउटा पखेटा हो,
जसले उडाउँछ स्वास मेरो आत्माको ।
व्यथाले जब आँखा खोल्छ,
आँसु बन्छदछ निःशब्द स्याही—
मौनताको कालो पातालमा
टिपेका अक्षरहरू झरेका छन्।
मेरो चुप्पी एउटा मन्दिर हो,
जहाँ भेट्छन् सबै नगाइएका प्रार्थनाका ऋचा हरु;
हरेक कम्पनमा बज्छ एउटा प्रश्न:
"के भाषाले पुग्दछ त्यो चन्द्रमाको यात्रा?"
अन्ततः, मौनता नै हो मेरो भाषा—
एउटा सिन्धुजस्तो गहिरो, एउटा आकाशजस्तो खाली;
जहाँ दुखको हरेक तारा आफ्नै उज्यालो रातमा
एक्लै बसेर गुन्जिन्छन्...
आफ्नै अनन्तको सुरमा।

मन र मेघ


 
दोषी नठान है मेघलाई,
कि आज यसरी वर्षिरहेको छ।
गगनको उरमा थुप्रिएको व्यथा,
आखिर कहिलेसम्म थामेर बस्थ्यो र?
गड्याङगुडुङ सायद उस्कै चित्कार हो,
बिजुलीको चमक, 
भित्र दबेको उही आवेग,
बर्सिन्छ थोपा थोपा शीतलता छरेर,
धरालाई भिजाउन, स्वयं रित्तिन खातिर।
उस्तै त हो नि मान्छेको अन्तर्मन पनि,
बोकिहिँड्छ कति बोझ, कति गुप्त वेदनाहरू।
नभनिएका कुरा, नरुँदाका आँसु,
मुस्कानको बर्को ओढी लुकाएका चोटहरू।
आफ्नो भारी बिसाउने त्यो उत्कट चाहना,
कसलाई पो हुन्न र यहाँ?
यदि नयनबाट केही थोपा बगे,
या केही शब्द ओठबाट अनायासै फुत्के,
नठान है यो कमजोरी, या कुनै भूल,
यो त मनले राहतको लामो सास फेरेको हो।
जसरी मेघ रित्तिन्छ घनघोर बर्सिएर,
मन पनि त खोज्छ नि हल्का हुने धोको।
त्यसैले, दोष नदेऊ कसैलाई,
यदि भावनाको बाँध फुटेर छताछुल्ल बग्यो।
किनकि मन हलुका पार्ने यो नैसर्गिक हक त,
सबैलाई छ, तिमीलाई, मलाई, सारा जगलाई।
मेघ त बरु साधुवादकै योग्य छ,
सिकायो उसले - रित्तिनुमा पनि जीवन छ।

Saturday, April 19, 2025

"आफ्नै आलोकको खोजीमा म"



प्रत्येक क्षण तोडिएर, फेरि जोडिएको छु,
अब आफूलाई, अलिक परिष्कृत बनाउँछु।
मनका कुनामा, छरपस्टिएका टुक्राहरू,
जोडेर आफ्नै, नयाँ कथा लेख्छु।
मान्छेहरू आए, गए आ-आफ्नै बाटो,
छोडे सधैं बाँडेर हाँसो र आँसु ।
अब आफूलाई, आफ्नै आवश्यकता बनाउनु छ,
हृदयको गहिराइमा, आफ्नै संसार रचाउनु छ।
तृप्ति अब, कसैको आँखामा होइन,
बाहिरको भीडमा, खोज्ने बानी छोड्नु छ।
आफ्नै मनको, शान्त कुनो खोज्नु छ,
आफ्नै भित्र, एउटा संसार बनाउनु छ।
समयले सिकायो, आफूलाई माया गर्न,
डगमगाएका पाइलाहरू, फेरि सम्हाल्न सिक्नु छ।
अब म आफ्नै, आलोक बन्नु छ,
आफ्नै हातले, जीवनको दीयो बाल्नु छ।
प्रत्येक क्षण टुक्रिएर, फेरि जोडिएको छु,
अन्धकारको धूलोमा,
उज्यालोको सुरुवात गरेको छु।
मनका कोठाहरूमा छरपस्टिएका अक्षरहरू,
जोडेर आफ्नै, नयाँ कथा लेख्नेछु।
हिँड्दा-हिँड्दै बोकेको छु यो निस्फिक्र उज्यालो,
खोक्रा मान्छेको भीडमा,
आफ्नै छायाँसँग बतास हाँकेकोछु।
जीवनको दहमा डुबेर आफ्नै ताराहरू चम्काउनेछु,
आकाशभन्दा माथि, आफ्नै नक्षत्र जगाउन खोज्नेछु।
मायाका तानातानिले बोकेर गए पनि,
एक्लास सन्नाटाले सिकायो स्वर सँग बोल्न।
झरेका पातहरू जस्तै, बिहानीको उज्यालोमा,
आफ्नै बगैंचाको फूल बनेर फक्रिन्छु ।
समुद्रको गर्जन जस्तो यो मेरो मौन हो,
भित्रैको ज्वालामा अब शब्दहरूको तानातान हो।
हराएका पाइलाहरूको गीतले भरिएको छ यो बाटो,
आफ्नै आँखाको प्रकाशमा,
म अँध्यारोलाई हराउँदै छु।

Thursday, April 17, 2025

मान्छेका रङहरू

मनको कुनामा लुकेर बसेको,
सम्झनाको मीठो धुन बजेको।
बितेका पल फेरि बल्झिए जस्तो,
हृदयमा न्यानोपन सजेको।

आँगनमा खेलेको धुलो माटो,
झरी पर्दा रुझेको त्यो बाटो।
निर्दोष हाँसो, साथीहरूको हुल,
आज पनि मुटुमा फुल्छ त्यो फूल।

हजुरआमाले सुनाएको कथा,
आगो ताप्दै बाडेको व्यथा।
घरको माया, स्नेहको स्पर्श,
सम्झनाले दिन्छ कति हर्ष।

कसैको त्यो पहिलो नजर,
मनमा जागेको मीठो रहर।
लुकेर हेरेको त्यो मुस्कान,
आज पनि गर्छ मन बेइमान।

यी यादहरू जूनकिरी जस्तै,
अँध्यारोमा चम्किन्छन् कस्तै।
कहिले आँखा रसाउँछन् बेसरी,
कहिले मन हुन्छ हल्का केसरी।

यी मीठा सम्झनाका पोका,
जीवन जिउने मीठो नौका।
वर्तमान जतिसुकै कठिन भए पनि,
यिनैले दिन्छन् बाँच्ने आधार बनी।

सम्झनाका मीठा पलहरू

मनको कुनामा लुकेर बसेको,
सम्झनाको मीठो धुन बजेको।
बितेका पल फेरि बल्झिए जस्तो,
हृदयमा न्यानोपन सजेको।

आँगनमा खेलेको धुलो माटो,
झरी पर्दा रुझेको त्यो बाटो।
निर्दोष हाँसो, साथीहरूको हुल,
आज पनि मुटुमा फुल्छ त्यो फूल।

हजुरआमाले सुनाएको कथा,
आगो ताप्दै बाडेको व्यथा।
घरको माया, स्नेहको स्पर्श,
सम्झनाले दिन्छ कति हर्ष।

कसैको त्यो पहिलो नजर,
मनमा जागेको मीठो रहर।
लुकेर हेरेको त्यो मुस्कान,
आज पनि गर्छ मन बेइमान।

यी यादहरू जूनकिरी जस्तै,
अँध्यारोमा चम्किन्छन् कस्तै।
कहिले आँखा रसाउँछन् बेसरी,
कहिले मन हुन्छ हल्का केसरी।

यी मीठा सम्झनाका पोका,
जीवन जिउने मीठो नौका।
वर्तमान जतिसुकै कठिन भए पनि,
यिनैले दिन्छन् बाँच्ने आधार बनी।

जिउँदो किन हुन्न म?

कुनै दिन जिन्दगीमा चमत्कार किन हुन्न?
खुशीको, हर्षको त्यो आधार किन हुन्न?
यो उस्तै रङ्गहीन बाटो, यो उस्तै सफर,
यो शुष्क, यो निरस यात्रा पार किन हुन्न?

म हरेक बिहान आँखा त खोल्छु यहाँ,
यो संसार, यो भिडभाड देख्छु जहाँ।
तर भित्र कतै शुन्यता छ गहिरो,
त्यो जीवनको वास्तविक बहार किन हुन्न?

म हरेक दिन जाग्छु त यो दुनियाँमा,
चल्छु, बोल्छु, हराउँछु आफ्नै धुनमा।
समयको घडीसँगै उठ्छु त म पनि,
साँच्चै जिउँदो भएको आभास म मा किन हुन्न ?

सास फेर्छु, हिँड्छु, गर्छु दैनिकीका काम,
तर मनमा छैन त्यो ऊर्जा, त्यो विश्राम।
दिनहरू बित्छन्, रातहरू ढल्छन् उस्तै,
तर जीवन जीवन्त हुने त्यो तार किन हुन्न?

हो, म हरेक दिन जाग्छु... यो सत्य हो,
तर जागेर पनि नजागे झैँ किन यो मन रोयो?
शरीर उठ्छ, तर आत्मा सुतिरहेझैँ,
म जिउँदो छु, तर जिन्दगी जिउँदो किन हुन्न?

Wednesday, April 16, 2025

"रिक्त हँसाइ"

गयो ऊ, फर्केर आउनै भुलेछ,
खै कस्ले अल्झाएर बाटो भुलेछ।
त्यो पंछी जस्तै, जसले गुँड बिर्सन्छ,
आफ्नो बास, आफ्नो संसार नै बिर्सन्छ।

आकाशमा उडेको चरी जस्तै,
खोज्दाखोज्दै नजर हराउँछ,
त्यसरी नै उसको स्मृति पनि,
क्षितिजमा बिलाउँदै जान्छ।

कहिले काहीँ लाग्छ, 
माया नै नलाएको भए हुन्थ्यो,
यो मन कसैको यादमा नअल्झेको भए हुन्थ्यो।
न त उसलाई पर्खिने बानी बस्थ्यो,
न त यो विरहको आगोले डस्थ्यो।

यादहरू बोकेर हिँड्न थाक्यो मन,
फर्किएला भन्ने आशा पनि मर्यो,
एकोहोरो बाटोमा हेर्दाहेर्दै,
आँखाको नजर पनि धमिलो भयो।

के भयो कुन्नि, ऊ गएपछि यस्तो,
सबै उस्तै छ, तर छैन केही उस्तो।
एक हँसिलो मान्छे, जो रमाउँथ्यो सधैं,
आजकाल त मुस्कुराउनै भुलेछ।

जीवनका रंगहरू फिक्का भए,
बिनाकारण दिनहरू लामा लाग्छन्,
रातभरि तारा गन्दै बित्छ बेला,
सपनामा पनि उही अनुहार नाच्छन्।

आज फेरि आकाशमा हेरें,
सोधें ती बादलहरूलाई,
के तिमीले देख्यौ उसलाई कतै?
मौन रह्यो आकाश, चुपचाप बग्यो हावा।

रिक्त हँसाइ बोकेर, अधुरो प्रेम सम्हालेर,
जीवनको बाटो हिँड्दैछु एक्लै,
शायद कुनै मोडमा भेटौंला फेरि,
या बिर्सिजाऊँ एकअर्कालाई सधैंका लागि।

Saturday, April 12, 2025

जिवनको किताब


केही पाना नपढी नै पल्टायौ तिमीले,
कुन हतारमा थियौ, कुन सोचमा डुबेर।
शान्तिले पढेको भए, अडिएर मलाई,
पक्कै पनि बुझ्ने थियौ, आयौ नजिकै आएर।
केही पाना नपढी नै पल्टायौ तिमीले...

म त्यो मात्र थिइनँ जो बाहिर देखिन्थें,
म भित्र पनि एक गहिरो सागर थियो नि।
हरेक पानामा छरिएका भावना अनगिन्ती,
हरेक अक्षरमा लुकेको नयाँ संसार थियो नि।
तिमीले त्यो गहिराइ कहाँ नियाल्यौ र?
केही पाना नपढी नै पल्टायौ तिमीले...

केही पाना नपढी नै पल्टायौ तिमीले,
कुन हतारमा थियौ, कुन सोचमा डुबेर।
शान्तिले पढेको भए, अडिएर मलाई,
पक्कै पनि बुझ्ने थियौ, आयौ नजिकै आएर।
केही पाना नपढी नै पल्टायौ तिमीले...

ती पाना जहाँ पीडाको छाया थियो बास,
हाँसो पछाडि लुकेको थियो आँसुको आभास।
ती कुरा जो ओठसम्म आइ फर्किए फेरि,
त्यो कमी तिमीले गरेनौ कहिल्यै महसुस।
बुझेनौ मनको मौसम कस्तो थियो भनेर,
केही पाना नपढी नै पल्टायौ तिमीले...

सरसरती नजरले हेर्यौ यसरी मलाई,
मानौं कुनै अपरिचित कथा हुँ म पराई।
यदि रोकेर, थोरै पढेको भए तिमीले,
थाहा पाउँथ्यौ कति आफ्नो मान्छे हुँ म तिम्रै।

खुल्ला किताब जस्तै त थिएँ म सामुन्ने,
पढ्नेलाई थोरै फुर्सद चाहिएको थियो नि।
धैर्यले पढेको भए बुझिहाल्थ्यौ शायद,
तर...
केही पाना नपढी नै पल्टायौ तिमीले...!!
हो, केही पाना नपढी नै पल्टायौ तिमीले...

गहिरो नाता अनि रित्तो मन

यत्तिकै कहाँ बन्छ र नौलो मान्छे सँग गहिरो नाता,
त्यसै कहाँ कोही अपरिचितको साथ रोज्दछ र?
पक्कै आफ्नै आँगनको छहारी पातलिएको होला,
पक्कै कुनै आफ्नैले मनमा घोचेको होला।

जब आफ्नै दैलोमा आवाजहरू सुनिदैनन्,
जब आफ्नै भावनाहरू भित्तामा  ठोकिन्छन्।
जब मुस्कान पछाडिको आँसु कसैले देख्दैनन्,
अनि आँखाहरू एक सहानुभूतिका लागि तड्पिन्छन्।

जब आशाका धागाहरू आफ्नै हातबाट चुँडिन्छन्,
जब विश्वासको जगमा चिराहरू देखिन्छन्।
जब भिडमा भएर पनि एक्लोपनले घेर्छ,
अनि सास फेर्न पनि गह्रुङ्गो झैँ लाग्छ।

तब मनले खोज्छ एउटा कुना, एउटा नयाँ आश्रय,
जहाँ नभने पनि पीडा कसैले बुझ्न सकोस्।
जहाँ जाँच्ने नजरहरूको पहरा नहोस्,
र छरिएका टुक्राहरूलाई कसैले थाम्न सकोस्।

त्यो अपरिचित अनुहार तब केही आफ्नो लाग्छ,
उसको कुरामा शायद आफ्नै प्रतिबिम्ब झल्किन्छ।
त्यो रित्तोपन जसले मन भित्र गहिरो कोलाहल गर्थ्यो,
कुनै नौलो मान्छेको सहानुभूतिले मन केही भरिन्छ।

त्यसैले सत्य हो, 
यत्तिकै कहाँ जोडिन्छ र अपरिचितसँग मन,
यत्तिकै कहाँ कसैले पराईमा आफ्नोपन खोज्छ होला।
कुनै आफ्नैले दिएको मौनता चिच्याएको हुनुपर्छ,
केही रित्तोपन आफ्नाले नै दिएको हुनुपर्छ...
हो, केही रित्तोपन आफ्नाले नै दिएको हुनुपर्छ।

Friday, April 11, 2025

एकलो बटुवा -जिवनको उकालोमा

छायाहरू फैलिन्छन्, दिन बुढो हुन्छ,  
थाकेका हाडहरू गुनासो गर्छन्, विरोध गर्छन्।  
दुखाइहरूमा एक कथा खुल्छ,  
शरीरले आफ्नो आराम खोज्छ।  
तर बिहान अवस्य हुनेछ, प्रकाश फैलिने छ,  
र कर्तव्यको आवाज, कोमल भए पनि, स्पष्ट छ,  
बिहानको चिसो र धुम्मिलो कुहिरो मार्फत,  
भार फर्कन्छ, बाटो यहाँ छ।

यो थकितको रूप, यो सिसाको भाँडो,  
बाटोले फुटाएको, आँधीले झुकाएको,  
इच्छाशक्ति जम्मा गर्नुपर्छ, नसाहरू धराशायी भए पनि,  
र फेरि उठ्नुपर्छ, सहज सुविधाको,  
सहयोगी हातको, साझा बोझको,  
सहज कुरा भन्दा पर आउनुपर्छ।  
यो एक्लो भूमिमा,  
कोही रूखहरूको बीचमा एक्लै हिँड्छ।

यो सत्य हो, गहिराइले थाहा पाइएको  
हरेक प्राण जसले सास फेर्छ:  
सबैभन्दा गह्रौं बोझ एक्लै आफै बोकिन्छ,  
मौनता, निद्रा, वा मृत्युको यस छेउमा।  
जबसम्म जीवनको कमजोर धड्कन भित्र बज्छ,  
जति नै टुटेको, चोट लागेको, वा दुख्ने भए पनि,  
उकालोको यात्रा आफैंबाट सुरु हुनुपर्छ,  
भित्री ढोकामा ढक्ढकाउँदै।

कुनै काँध, बलियो र फराकिलो,  
झुकेको शरीरलाई थाम्न देखा पर्दैन।  
हामी आँसुहरूलाई एकातिर राख्न सिक्छौं,  
र आफ्नै संघर्षपूर्ण नाम फुस्फुसाउँछौं।  
अंगहरू उठाउन, खुट्टाहरूलाई अगाडि बढ्न प्रेरित गर्न,  
अगाडि रहेका मिलहरूको सामना गर्न,  
यो मीठो-तीतो, दोहोरिने कार्य।
कांधहरु त चोला उठेको दिन मात्र
तम्सिनछन उठाउनलाई,
जिवन भरि बोकेको यो शरिर ।